Try our new Beta Site
नेपाली भाषामा हेर्नुहोस्
Nepali Patro | Nepali Calendar
  • वि.सं. २०७६ भदौ ८। आइतबार। इ.स. २०१९ अगस्ट २५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। दशमी, २५:५९ उप्रान्त एकादशी। नक्षत्र– मृगशिरा, २४:१९ बजेउप्रान्त आर्द्रा। योग– हर्षण, ११:४७ बजेउप्रान्त वज्र। करण– वणिज, १४:३० बजेदेखि भद्रा, २५:५९ बजेउप्रान्त वव। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– वृष, १२:२७ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ५:३९ बजे, सूर्यास्त– १८:३१ बजे र दिनमान ३२ घडी ९ पला।
Add on facebook follow on twitter Google+
Today
Bhadau
2076
Sunday
08
Dashami
13:29:44
Download
Nepali Calendar 2072 PDF
Download
Nepali Calendar 2071 PDF
Important Events
Upcoming Event
  • Aja Ekadasi Brata, Ekadashi
    Tomm
    Bhadau 09
  • Pradosh Brata, Trayodashi
    3d left
    Bhadau 11
  • Juga Chahre Puja, Chaturdashi
    4d left
    Bhadau 12
  • Father's Day/Kushe Aushi/Motiram Jayanti/Darsha Shraddha/Manwadi/Halo Barne/Nishi Barne, Aaunsi
    5d left
    Bhadau 13
  • Gunlla Dharma Ends/Chandrodaya, Pratipada
    6d left
    Bhadau 14
दैनिक - Dailyसाप्ताहिक - Weeklyमासिक - Monthlyवार्षिक - Yearly
वार्षिक - Yearly

वार्षिक राशिफल २०७६

.

मेष - Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

यो वर्षमा उत्साहजनक प्रारम्भिक परिवेशबाट संघर्षमय मध्यकाल पार गर्दै अन्त्यमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। वर्षको आरम्भ र उत्तरार्धमा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीले उचाइको बाटो समाउनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनेछ भने आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययन तथा रोजगारीका लागि विदेशयात्राको अवसर प्राप्त हुने समय छ। जेठ ८ देखि कात्तिक १२ सम्म बृहस्पति कष्टभावमा जानाले काम रोकिनुका साथै लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ। आफन्त तथा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। अत्यधिक खर्च बढ्नाले व्यवहार चलाउन कर्जा लिनुपर्ने हुन सक्छ। शरीरमा चोटपटक, साझेदारीमा झमेला, व्यापारमा हानि तथा नोकरीमा दुर्गम स्थानान्तरण जस्ता समस्या पनि आउन सक्छन्। वर्षको उत्तरार्धमा पुनः परिस्थिति अनुकूल बन्नाले पहिलेको उपलब्धि प्राप्त हुनेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। अध्ययनले नयाँ गति लिनेछ। भाग्यले असल जीवनसाथी जुराउनेछ भने गृहस्थी सुखसागरमा रमाउनेछ। राजनीतिक पहुँच बढ्नेछ। मिहिनेतले उत्तम रोजगारी दिलाउन सक्छ। नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। राहुको प्रभावले यो वर्ष धन, मान र प्रतिष्ठा प्राप्त हुनेछ। आँटले ठूलो काम सफल हुन सक्छ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दाजुभाइमा भने केही असमझदारी बढ्ने सम्भावना छ। बृहस्पतिको प्रतिकूल समयमा शिवजी र बगलामुखी भगवतीको पूजा–आराधना गर्नुहोला। वैशाख, साउन, मंसिर र चैत महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने असार, असोज, माघ र फागुन महिनामा विशेष अर्थलाभ हुनेछ।

बृष - Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

यो वर्षसंघर्षमय परिस्थितिका उतारचढाव पार गर्दै अन्त्यमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। कष्टभावमा केतुका साथमा रहने शनिको अढैया प्रभावले झूटा आरोप, अस्वस्थता, चोटपटक, अर्थहानि, शत्रुबाधा जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ। स्वास्थ्य र धनको चिन्ताले सताउन सक्छ। सुरुको महिना र मध्यान्तरपछिका पाँच महिना बृहस्पतिसमेत कष्टभावमै रहने हुँदा शक्तिक्षय, काममा उल्झन, अपजस र दुर्गम स्थानान्तरण हुने सम्भावना रहनेछ। बृहस्पति जेठ ८ देखि कात्तिक १२सम्म गृहस्थीभावमा र चैत ४ गतेदेखि भाग्यभावमा जाने हुँदा उक्त अवधिमा रोकिएका काम बन्नुका साथै जीवनशैलीमा उल्लेख्य सुधार आउनेछ। अध्ययनबाट राम्रो नतिजा हासिल हुनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नतिको सम्भावना छ। भाग्यले प्रेमपात्र जुराउनेछ भने प्रेम सम्बन्ध वैवाहिक मार्गतर्फ अघि बढ्नेछ। खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। वर्षभरि धन र वाणीभावमा रहने राहुले वादविवाद, लाञ्छना र फजुल खर्च निम्त्याउने देखिन्छ। प्रतिकूल समयमा आफन्तसमेत टाढिनेछन्।ईष्र्या गर्नेहरूले शत्रुवत् व्यवहार गर्न थाल्नेछन्। आफ्ना कमजोरीमाथि खेल्नेहरू सक्रिय हुने हुँदा व्यवहारमा सजग रहनुपर्नेछ। प्रतिकूल ग्रहदोषबाट मुक्त हुन सम्बद्ध ग्रहहरूको पूजा, जप, अनुष्ठान गर्न सकिन्छ। शनिका लागि काली र हनुमानको आराधनाका साथै शनिवार पीपलमा जल चढाउनाले, बृहस्पतिका लागि बगलामुखी र शिवजीको उपासना गर्नाले, राहु र केतुका लागि वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नाले फाइदा हुनेछ। आफ्ना इष्टदेवको आराधना गर्दा पनि ग्रहदोष शान्त हुनेछ। साउन, कार्तिक, फागुन र चैत महिनामा विशेष फाइदा हुनेछ भने वैशाख, जेठ, भदौ र पुस महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन्।

मिथुन - Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह

यो वर्ष बृहस्पतिको गोचरीय उतारचढावले कर्मयोगमा आरोह र अवरोहको शृंखला दोहोरिनेछ। सुरुको आसलाग्दो परिवेशबाट केही अवरोहण हुँदै बीचमा संघर्षको मैदानमा उत्रनुपर्नेछ भने मध्यान्तरपछि उत्साहजनक सफलता र वर्षको अन्त्यमा उचाइबाट पुनः अवतरण हुने सम्भावना छ। तापनि सुरुको मिहिनेतले वर्षभरि लाभ उठाउन सकिनेछ। आरम्भदेखि जेठ ८ गतेसम्म र कात्तिक १२ देखि चैत ४ गतेसम्म बृहस्पतिको अनुकूलताले विभिन्न अवसर प्राप्त हुनेछन्। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। अध्ययन तथा रोजगारीका सन्दर्भमा देश–विदेश जाने साइत जुर्न सक्छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुनेछ। प्रेम सम्बन्ध वैवाहिक बन्धनतर्फ अघि बढ्नेछ। बृहस्पति जेठको दोस्रो सातादेखि पाँच महिना शत्रुभाव र चैतमा कष्टभावमा रहने हुँदा उक्त अवधि प्रतिकूल रहनेछ। अनायासैशत्रुता साध्नेहरू जाग्नेछन् भने शुभचिन्तकहरू टाढिन सक्छन्।स्वास्थ्य कमजोर रहनेछ भने अनावश्यक काममा धन खर्च हुने देखिन्छ। चल–अचल सम्पत्तिको कारोबारमा त्यति फाइदा नहुन सक्छ। जन्मकुण्डलीमा शनि, राहु र केतु प्रतिकूल हुनेहरूको पारिवारिक माहोल वर्षभरि कमजोर रहनेछ। अधिक तनावले मन व्यथित हुनेछ। र, जीवनसाथीको समस्याले पनि चिन्ता बढाउन सक्छ। प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र इष्टदेवताको आराधना गर्दा फाइदा भइरहनेछ। बृहस्पतिका लागि बगलामुखी र शिवजीको, शनिका लागि काली भगवती र हनुमानजीको तथा राहु र केतुका लागि वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नाले लाभ हुनेछ। तुलनात्मक रूपमा जेठ, असार, असोज र माघ महिना अलि कष्टदायक रहनेछन् भने वैशाख, भदौ, मंसिर र चैत महिनामा अर्थलाभ हुनेछ।

कर्कट - Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

केही संक्रमणपश्चात् वर्षको पूर्वार्ध र अन्त्यमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। सुरुमा जेठको पहिलो सातासम्म र कात्तिक १२ देखि चैत ४ गतेसम्म बृहस्पति शत्रुभावमा रहने हुँदा उक्तसमय केही संघर्षमय रहनेछ।प्रतिस्पर्धीहरू बढ्नेछन् भने शत्रुता साध्नेहरू जाग्न सक्छन्। रोग प्रतिरोधक क्षमता कमजोर हुने र चोटपटक लाग्ने योग रहेकाले स्वास्थ्यका लागि सजग रहनुहोला। बृहस्पति जेठ १२ गतेदेखि पाँच महिनासम्म विद्याभावमा र चैत महिनामा दाम्पत्यमारहने हुँदा उक्त समय तपाईंका लागि उत्साहजनक रहनेछ। देवगुरुको अनुकूल प्रभावले अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। देशविदेशको यात्रा गर्ने अवसर जुट्नेछ। व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ। यो वर्ष भाग्यले प्रेमपात्र जुराउनेछ। घर–गृहस्थी र सन्तान सुखको भागीदार भइनेछ। र, जीवनशैलीमा परिवर्तन आउनेछ। वर्षभरि शनि र केतुको अनुकूल प्रभावले शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीहरूलाई उछिन्दै सम्मानित स्थान हासिल गर्न सफल भइनेछ। पढाइ वा रोजगारको सिलसिलामा विदेश जाने साइत जुर्न सक्छ। कृषि तथा पशुपालनमा पनि फाइदा हुनेछ। यस्तै, खर्चभावमा रहेका राहुले बृहस्पतिको प्रतिकूल समयमाफजुल खर्च, अर्थअभाव, यात्रामा व्यवधान र वैदेशिक रोजगारीमासमस्या निम्त्याउने देखिन्छ। राहुदोष शान्त पार्न वटुकभैरव र छिन्नमस्ताको, गुरुदोष शान्त पार्न बगलामुखी र शिवजीको तथा सबै अरिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा–आराधना गर्नुहोला। वैशाख, जेठ, असोज र पुस महिना बढी लाभदायक रहनेछन् भने असार, साउन, कात्तिक र फागुन महिना कष्टदायी रहनेछन्।

सिंह - Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो वर्ष आसलाग्दो परिवेशबाट केही संघर्षमय स्थितिमा अवतरित हुँदै उत्तरार्धमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। वर्षारम्भदेखि जेठ ८ सम्म र कात्तिक १२ देखि चैत ४ गतेसम्म विद्याभावमा रहने बृहस्पतिको प्रभावले विद्यार्थीहरूका लागि उत्साहजनक अवसर प्राप्त हुनेछ। बौद्धिक क्षमताले सम्मानित स्थान दिलाउन सक्छ। पहिलेका समस्या सुल्झनेछन् भने आर्थिक स्थितिमा सुधार आउनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। उचित प्रेमप्रात्र जुर्नाले गृहस्थी मार्ग अवलम्बन गर्न सकिनेछ। लाभस्थानका राहुको प्रभावले आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। तर शनि र केतुको प्रतिकूलताले स्वास्थ्यबाधा, आलस्य, काममा अवरोध, आम्दानीमा रोकावट, यात्रामा बाधाजस्ता समस्या पनि आउने देखिन्छ। स्वास्थ्योपचारमा खर्च बढ्नेछ। जन्मकुण्डलीमा प्रतिकूल शनि हुनेहरूलाई वर्षभरि पेटको समस्याले सताउनेछ र अध्ययनमा पनि पछि परिनेछ। परिवारमा सन्तानको चिन्ताले सताउन सक्छ। जेठ दोस्रो सातादेखि पाँच महिनासम्म गृहभावमा बृहस्पति रहनाले घरेलु समस्यासँग संघर्ष गर्नुपर्ला। घरपरिवारमा असमझदारी बढ्नेछ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। आफन्तजन बिनाकारण टाढिन सक्छन्। चैतमा देवगुरु शत्रुभावमा जानाले शत्रु र प्रतिस्पर्धीहरू जाग्नेछन्। बृहस्पतिको प्रतिकूल समयमा अन्य ग्रहहरूको प्रतिकूल प्रभावसमेत बढ्ने हुँदा व्यवहारमा सावधान रहनुहोला। प्रतिकूल समयमा पनि आफ्ना इष्टदेवका साथै शिवजी, वगलामुखी, काली भगवती र हनुमानजीको पूजा–आराधना तथा अनिष्ट ग्रहको शान्तिकर्म गर्नाले फाइदा हुनेछ। जेठ, असार, कात्तिक र माघ महिना लाभदायक रहनेछन् भने साउन, भदौ, मंसिर र चैत महिना अलि प्रतिकूल रहनेछन्।

कन्या - Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

यो वर्ष पूर्वार्धको आसलाग्दो परिवेशबाट शक्तिक्षयपछिका उतारचढाव पार गर्दै संघर्षद्वारा उपलब्धि आर्जन गर्न सफल भइनेछ। सुरुमा जेठ ८ सम्म र कात्तिक १२ देखि चैत ४ गतेसम्महृदय तथा सुखभावमा रहने बृहस्पतिको प्रभावले सत्यको पक्षमा उभ्याउनेछ। घर–परिवार र समाजका विसंगति विरुद्ध उभिनुपर्दा विभिन्न समस्यासँग जुध्नुपर्ला। सत्याग्रहका लागि केही दुःख पाइनेछ। परिस्थितिले संयुक्त आधारशिला विखण्डन गरी एकल अवधारणामा अवतरित गराउनेछ। आफन्तसँग असमझदारी बढ्नेछ। साझेदारीमा बाँडफाँट र सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। जेठ दोस्रो सातादेखि देवगुरुको प्रभावले चुनौतीपूर्ण जिम्मेवारी आइलाग्न सक्छ। तर, आँटले काम लिनेहरूका लागि ठूलो अवसर प्राप्त हुनेछ। अप्ठ्यारो कामले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले भने अलि दुःख दिनेछन्। विद्यार्थीहरूका लागि यो वर्षको पूर्वार्ध सामान्य र अन्त्य विशेष फलदायी रहनेछ। प्रारम्भको संघर्षले अन्त्यमा विशेष उपलब्धि दिलाउनेछ। फागुन ४ गतेसम्म सुखभावमा केतुसँग रहने शनिको अढैया प्रभावले मन अशान्त भइरहनेछ। परिवारमा द्वन्द्व, झुटा आरोप, अस्वस्थता, अर्थहानि, शत्रुबाधा जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ। सुरुमा विश्वास जितेर ठग्नेहरूले सताउन सक्छन्। अनीति र अन्यायको सिकार हुँदासमेत आफन्तजन तथा शुभचिन्तकहरू मौन रहने हुँदा बुद्धिविवेकले काम लिनुपर्नेछ। शनिको प्रतिकूल प्रभावबाट मुक्त हुन आफ्ना इष्टदेवता, हनुमानजी, महाँकाल र काली भगवतीको उपासना गर्नुहोला। शनिवार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ। असार, साउन, मंसिर र फागुन महिना विशेष लाभदायक रहनेछन् भने वैशाख, भदौ, असोज र पुस महिना अलि प्रतिकूल रहनेछन् ।

तुला - Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते

यस वर्षको कर्मगति आसलाग्दो मध्यम परिवेशबाट उचाइतर्फ अग्रसर हुँदै मध्यान्तरपछि पुनः सामान्य अवस्थामा अवतरित हुने योग छ। वर्षारम्भदेखि नै चुनौतीपूर्ण जिम्मेवारी अँगाल्दै लक्ष्यतर्फ अग्रसर भइनेछ। जेठ ८ गतेदेखि पाँच महिनासम्म धन तथा वाणीभावका बृहस्पतिको प्रभावले विद्या र धन आर्जनको प्रयास सिद्ध हुनेछ। इच्छाशक्ति एवं लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथैमानसम्मानसमेत प्राप्त हुनेछ। धनआर्जनका विभिन्न स्रोतहरू जुट्नेछन्। विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ भने भाग्यले प्रेमपात्रका रूपमा जीवनसाथी जुराउनुका साथै गृहस्थी जीवन प्रारम्भ गर्ने अवसर दिलाउन सक्छ।घरजग्गालगायत स्थायी सम्पत्ति जोड्न सकिनेछ। कात्तिक १२ देखि देवगुरु पुनः उद्योगभावमा गएपछि महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा व्यवहार केही असन्तुलित बन्नेछ भने विद्यमान स्थितिमा उतारचढाव, नोकरी सरुवा तथा बसाइसराइको परिस्थिति सिर्जना हुन सक्छ। अध्ययन तथा रोजगारीका सन्दर्भमा विदेश जाने साइत जुर्न सक्छ। फागुन ४ गतेसम्म उद्योग तथा पराक्रम भावमा शनिको उपस्थितिले नयाँ जिम्मेवारी प्राप्त हुनेछ। विभिन्न भौतिक स्रोत–साधन पनि जुट्नेछन्। दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। वर्षको अन्त्यमा सुखभावमा शनिको स्थानान्तरणले मनलाई अशान्त बनाउन सक्छ। पारिवारिक असमझदारी, आरोप, अस्वस्थता, अर्थहानि, अवरोध जस्ता समस्या आउन सक्छन्। शनिवार पीपलको पूजा गरी जल चढाउनाले फाइदा हुनेछ। यो वर्ष साउन, भदौ, पुस र चैत महिनामा विशेष सफलता मिल्नेछ। जेठ, असोज, कात्तिक र माघ महिना स्वास्थ्यका लागि अशुभ रहनेछन्।

बृश्चिक - Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

वर्षारम्भ आसलाग्दो देखिए पनि बीचमा केहीकठिनाइ र उतारचढाव देखापर्नेछन् भने मध्यान्तरपछि कर्मयोगले उचाइ लिनेछ। सुरुमा वाणीभावका बृहस्पतिको प्रभावले विभिन्न अवसर जुट्नेछन्।तर, जेठ ८ गतेदेवगुरुको शीर्षराशि स्थानान्तरणले स्वाभिमान–भावलाई पक्षपोषण गर्ने हुँदा परिस्थितिअनुकूल समायोजित बन्न समस्या पर्नेछ। आफ्नै हठले सहयोगीहरू टाढिनेछन् भनेघरपरिवारमा विश्वासको संकट देखापर्नेछ। कात्तिक १२ देखि पुनः धनभावमा बृहस्पतिको गोचरले स्थितिमा सुधार ल्याउनेछ। भाग्यले प्रेमपात्र जुराउनुका साथै वैवाहिक मार्गतिर अग्रसर गराउन सक्छ। अध्ययन, लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ।इच्छाशक्ति र लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथै धनआर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। विदेश ताक्नेहरूका लागि पनि परिस्थिति अनुकूल बन्नेछ। फागुन ४ गतेसम्म धनभावमा रहने शनिदेवको अन्त्य साढेसातीलेआर्थिक क्रियाकलापमा मन्दी आउनेछ। कम आम्दानी, अधिक खर्च, काममा विलम्ब, अवरोध, तीव्र आलोचना, अस्वस्थता जस्ता समस्याहरूसँग जुध्नुपर्ने समय छ। सामाजिक लोकप्रिय छविमा प्रश्न उठ्न सक्छ। प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। वर्षभरि कष्टभावमा राहुको उपस्थितिले चोटपटक, अस्वस्थता, अवरोध जस्ता समस्या आइरहनेछन्। यो वर्ष शनि र राहुको विशेष शान्ति गर्नुहोला। पीपलमा शनिबार जल चढाउनाले, काली भगवती र हनुमानजीको पूजा–आराधना गर्नाले शनिको साढेसाती दोष कम हुनेछ। वटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोषमा कमी आउनेछ। वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन् भने असार, कात्तिक, मंसिर र फागुन महिना कमजोर रहनेछन्।

धनु - Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

यो वर्षको पूर्वार्धमा देखा पर्ने व्यावहारिक समस्याहरू सुल्झाउँदै उत्तरार्धमा उत्साहजनक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। मस्तिष्क–भावमा रहने बृहस्पतिको प्रभावले वैशाख र मध्यान्तरपछिका महिना उपलब्धिमूलक रहनेछन्। अध्ययन र पेसातर्फ सफलता प्राप्त हुनेछ।दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। तर अरूप्रति लचिलो व्यवहार र वचनबद्धता दुःखको कारक बन्न सक्छ। जेठ लागेपछि पाँच महिनासम्म खर्चभावमा बृहस्पतिको उपस्थितिले फजुल खर्च, आर्थिक मन्दी र व्यावहारिक समस्याको उतारचढाव देखापर्न सक्छ। धेरैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ।कात्तिक १२ गतेदेखि धेरै सम्भावनाका ढोकाहरू खुल्नेछन्। प्रेमको बन्धन कसिनुका साथै गृहस्थीको जग बसाउने साइत जुर्न सक्छ। वर्षभरि शनिको मध्य र अन्त्य साढेसाती चल्ने हुँदा काम, क्रोध आदि प्रवृत्ति अनियन्त्रित बन्नुका साथै जन्मकुण्डलीमा शनिदेव प्रतिकूल हुनेहरूलाई झुटा आरोप, आलोचना, अपकीर्ति, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्या आइलाग्नेछन्। राहुको प्रभावले स्वास्थ्य र सुमधुर दाम्पत्यमा समस्या आउन सक्छ। ग्रहहरूको प्रतिकूल प्रभावबाट बच्न इष्टदेवता र सम्बद्ध ग्रहकोपूजा–आराधना गर्नुहोला। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोष शान्त हुनेछ। जेठ, असोज, कात्तिक र फागुन महिना अनुकूल छन् भने साउन, मंसिर, पुस र चैत महिना अलि प्रतिकूल रहनेछन्।

मकर - Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

यो वर्ष अवसर र चुनौतीका शृंखलाहरू पार गर्दैअन्त्यमा प्रगतिको मार्ग अवलम्बन गर्न सफल भइनेछ। लामो समय बृहस्पति, शनि र केतु खर्चभावमा रहने हुँदा यो वर्ष खर्चिलो रहनेछ। भैपरी आउने समस्याले अधिक खर्च गराउनेछ भने व्यवहार चलाउन कर्जा लिनुपर्ने हुनसक्छ। जेठ ८ गतेदेखि पाँच महिनासम्म आयभावमा बृहस्पतिको स्थानान्तरणले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्गे आम्दानी हुनेछ। कृषि, नोकरी, व्यापार तथा अन्य पेसा–व्यवसायमा राम्रो लाभ हुनेछ। सुरुको मिहिनेतले वर्षभरि फाइदा दिनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। प्रेमको गाँठो कसिनुका साथै गृहस्थीको जग बसाउने साइत जुर्न सक्छ। कात्तिक १२ देखि देवगुरु पुनः खर्चभावमा जाने हुँदा फागुनसम्मको दैनिकी संघर्षमय रहनेछ। आम्दानीमा कमी, खर्चवृद्धि, दुर्गम स्थानान्तरण, परिवारमा बिछोड जस्ता परिस्थिति देखापर्नेछन्। अध्ययन र व्यवसायमा अवरोध आउनेछ भने सञ्चित रकम हातबाट बाहिरिन सक्छ। चैत ४ गते जन्मराशिमा बृहस्पतिको आगमनले स्थितिमा सुधार आउनेछ। राहुको अनुकूलताले शत्रु र प्रतिस्पर्धीहरूलाई भने नियन्त्रणमा राख्न सकिनेछ। वर्षभरि शनिको आद्य र मध्य साढेसाती चल्ने हुँदा शारीरिक पीडा, काममा ढिलासुस्ती, आफन्तमा वैरभाव, फजुल खर्च, झुटा आरोप, यात्रामा कष्ट जस्ता समस्या देखापर्नेछन्। साढेसातीको समयमा महाँकाल, काली भगवती र हनुमानजीको पूजा–आराधना रप्रत्येक शनिबार पीपलको पूजा गरी जल चढाउने गर्दा फाइदा हुनेछ। बृहस्पतिदोष शान्त गर्न शिवजी र बगलामुखीको पूजा गर्नुहोला। असार, कात्तिक, मंसिर र चैत अनुकूल रहनेछन् भने वैशाख, भदौ र पुस महिना प्रतिकूल रहनेछन्।

कुम्भ - Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

यो वर्ष उत्साहजनक उपलब्धि हासिल गर्दैसफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। कर्म र आयभावमा बृहस्पतिको अनुकूल प्रभावले यो वर्ष विभिन्न अवसर प्राप्त हुनेछन्। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। सवारी, घरजग्गा तथा अन्य चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग छ। उच्चशिक्षा तथा रोजगारीका लागि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। भाग्यले असल जीवनसाथी जुराउने हुँदा गृहस्थीको बलियो जग बस्नेछ। काममा मातापिताको सहयोग र सद्भाव प्राप्त हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन्। घरमा मंगलमय कार्य सम्पादन हुनेछन्। समाजसेवा एवं परोपकारी काममा प्रवृत्त भइनेछ। यो वर्ष शनि र केतुसमेत अनुकूल हुनाले भौतिक स्रोत–साधन जुटाउन सफल भइनेछ। कर्मयोगले सदैव लक्ष्यको मार्ग अवलम्बन गर्नेछ। नयाँ उपलब्धि प्राप्त हुने सम्भावना देखिएकाले वर्षभरि मिहिनेत गर्नुहोला। विद्याभावमा राहुको उपस्थितिले नयाँ प्रविधिको ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। पेटको समस्याले स्वास्थ्य भने कमजोर रहन सक्छ। सन्तानको चिन्ताले पनि वर्षभरि सताउन सक्छ। फागुन ४ गतेदेखि शनिको साढेसाती प्रारम्भ हुने र चैतमा बृहस्पतिसमेत खर्चभावमा जाने हुँदा परिस्थिति कमजोर बन्नेछ। आफ्ना उपलब्धिलाई पछिसम्म जोगाइराख्न इष्टदेवताका साथै गणेश, शिव, हनुमान र कालीभगवतीको नियमित पूजा–आराधना गर्नुहोला। तुलनात्मक रूपमा वैशाख, साउन, मंसिर र पुस महिनामा बढी फाइदा हुनेछ भने जेठ, असोज र माघ महिना अलि प्रतिकूल रहनेछन्।

मीन - Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

यो वर्ष आसलाग्दो प्रारम्भिक परिवेशबाट प्रगतिको मार्ग अवलम्बन गर्न सफल भइनेछ। प्रारम्भमा केही संघर्ष गर्नुपरे पनि जेठ १२ गतेदेखि बृहस्पतिको भाग्यभावमा हुने स्थानान्तरणले विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने नोकरीमा प्रवेश वा पदोन्नति हुने बलियो सम्भावना छ। अध्ययन तथा रोजगारीका लागि विदेशयात्राको साइत समेत जुर्न सक्छ। सामाजिक रूपमा ख्याति बढ्नेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। भाग्यले असल प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने सम्भावना छ। यही वर्षसन्तानसुखको योग समेत रहेको छ। वर्षभरि गृहसुखमा रहने राहुको प्रभावले पारिवारिक माहोल अशान्त रहनेछ। कृषि तथा पशु–चौपायामा हानि, घरजग्गामा किचलो र आफन्तजनमा वैरभाव नित्याउने हुँदा सजग रहनुपर्नेछ। परिस्थितिले संयुक्त आधारशिला विखण्डन गरी एकल अवधारणामा अवतरित गराउने हुँदासाझेदारीमा बाँडफाँट र सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। आमाको स्वास्थ्य कमजोर रहनाले त्यसप्रति चिन्ता बढ्नेछ। कर्मभावमा शनि र केतुको वर्चस्व रहेकाले कर्मक्षेत्रमा केही चुनौतीहरू देखापर्नेछन्। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ भनेआलस्य र ढिलासुस्तीले पछि परिनेछ। तापनि वैशाख र कात्तिकपछिका महिनामा बृहस्पतिको प्रभावले कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। यो वर्ष राहुको प्रतिकूल प्रभावबाट मुक्त रही लाभ प्राप्त गर्नवर्षभरि वटुकभैरव, छिन्नमस्ता र इष्टदेवताको पूजा गर्नुहोला। आर्थिक रूपमा जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ भने असार, कात्तिक र फागुन महिना प्रतिकूल देखिएकाले संयमित भएर काम गर्नुहोला।

The creation of this universe was done by the combination of earth, water, light, air and sky together. The entire world is based on these five great entities. The human body was also created by the five great entities. The new planets on the sky represent these five great entities. In the Veda, the sun represents the soul and the moon represents the mind. Similarly, the qualities light, earth, sky, water and air are inherent in the Mars, Mercury, Jupiter, Venus and Saturn respectively.

The word, touch, form, taste, smell are the subjects of the five great entities. These subjects are acquired by the five knowledge senses of men. Every human senses longs for its subjective happiness. For subjective pleasures, the planet activates the senses associated to it. The mind is affected by the demand from the sense. Hence, a certain work is based upon our fondness towards it. For a work, the mind takes approval from the soul. For the work and issues approved by the soul, our mind operates senses and subjects accordingly.

The Rashifal of a person is the position at the moon during the time of his birth. According to the position of the dynamic planets in "Chandraraashi", there is a change in a person's interest, behaviour, health and situation. The willpower of Mind (the Moon) and the discrimination power of Soul (the Sun) are the major factors behind one's performance. The planets, that are indicator to the senses create a variety of circumstances. Human life is entangled in these circumstances. From birth till death, various situations that we face in life like growth and decline, happiness and sorrow, friend and enemy, affluence, scarcity, poverty, disease, state, esteem, children, family including all our specified actions are mobilized by the planets.

The Rashifal presented here has been designed on the basis of classic opinions. In particular, the various horoscope positions of the planets, their daily speed including circumstantial force, and by evaluating other planets "bedh-pratibedh", good and sinned vision and the impact, and mainly by the conclusion of the official texts "Brihatsanhita", "Muhurtachintamani", "Muhurtamartanda", "Phaladipika", "Jaatakaparijata", "Brihaddaivajnaranjanam", an effort has been made to make the horoscope reliable in a classical way.

"