Try our new Beta Site
नेपाली भाषामा हेर्नुहोस्
Nepali Patro | Nepali Calendar
  • वि.सं. २०७६ भदौ ८। आइतबार। इ.स. २०१९ अगस्ट २५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। दशमी, २५:५९ उप्रान्त एकादशी। नक्षत्र– मृगशिरा, २४:१९ बजेउप्रान्त आर्द्रा। योग– हर्षण, ११:४७ बजेउप्रान्त वज्र। करण– वणिज, १४:३० बजेदेखि भद्रा, २५:५९ बजेउप्रान्त वव। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– वृष, १२:२७ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ५:३९ बजे, सूर्यास्त– १८:३१ बजे र दिनमान ३२ घडी ९ पला।
Add on facebook follow on twitter Google+
Today
Bhadau
2076
Sunday
08
Dashami
13:02:28
Download
Nepali Calendar 2072 PDF
Download
Nepali Calendar 2071 PDF
Important Events
Upcoming Event
  • Aja Ekadasi Brata, Ekadashi
    Tomm
    Bhadau 09
  • Pradosh Brata, Trayodashi
    3d left
    Bhadau 11
  • Juga Chahre Puja, Chaturdashi
    4d left
    Bhadau 12
  • Father's Day/Kushe Aushi/Motiram Jayanti/Darsha Shraddha/Manwadi/Halo Barne/Nishi Barne, Aaunsi
    5d left
    Bhadau 13
  • Gunlla Dharma Ends/Chandrodaya, Pratipada
    6d left
    Bhadau 14
दैनिक - Dailyसाप्ताहिक - Weeklyमासिक - Monthlyवार्षिक - Yearly
साप्ताहिक - Weekly

भाद्र ८–१४ गते

.

मेष - Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको संगतले बुद्धिभ्रम हुनेछ। अरूको बहकाउमा पर्दा काम बिग्रनेछ। पहिलेका सहयोगीहरू नै प्रतिस्पर्धामा उत्रिनेछन्। जिम्मेवारीका साथै चुनौती पनि बढ्नेछ। परिवारमा असमझदारी बढ्न सक्छ। अध्ययनमा समय दिन नसक्दा पछि परिनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्न सक्छ। उपलब्धिका लागि केही संघर्ष गर्नुपर्ने समय छ। विशेष योजनाहरू गोप्य राख्नुहोला।

बृष - Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रारम्भमा इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तर वैचारिक द्वन्द्वले उपलब्धि धकेलिन सक्छ। बोली-व्यवहारमा सजग नहुँदा आफ्नै समूहमा आलोचित भइनेछ। व्यवसायमा उतारचढाव देखिए पनि बुधवार र बिहीवार भने विभिन्न अवसर प्राप्त हुनेछन् र सोचेको काम सम्पादन गर्न सकिनेछ। आँटले काम लिँदा लक्ष्यमा पुगिनेछ। विद्यार्थीहरूलाई मेहनतले मात्र लक्ष्यमा पुर्याउन सक्छ। सप्ताहान्तमा गोपनीयता बाहिरिन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस हुनेछ।

मिथुन - Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रारम्भमा दौडधुप गर्नुपरे मिहिनेतले विशेष अवसर दिलाउन सक्छ। पारिवारिक भेटघाटले गृहस्थी रमाइलो बन्नेछ। अध्ययनतर्फ सामान्य उपलब्धि हुनेछ। मंगलवार साँझदेखि खर्च बढ्ने, काम रोकिने र विवादमा परिने सम्भावना देखिएकाले बोली-व्यवहारमा सजग रहनुहोला। सप्ताहान्तमा अग्रजहरूको सहयोग जुट्नुका साथै काम बन्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। विशेष जिम्मेवारी प्राप्त हुनेछ र अवसरले थप ऊर्जा प्रदान गर्नेछ। आयस्रोत बढ्नाले उत्साहित भइनेछ।

कर्कट - Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रारम्भमा आम्दानीका स्रोत देखिए पनि सरसापटमा धन बाहिरिन सक्छ। अधुरो काम पूरा गर्नलाई पनि खर्च बढ्नेछ। तापनि लगानीद्वारा भविष्यको मार्गचित्र कोर्ने समय छ। खर्च लागे पनि विदेश ताक्नेहरूको मनोरथ पूरा हुनेछ । बुधवार र बिहीवार आफन्तसँग रमाइलो भेटघाट हुनेछ । अध्ययन र व्यवसायतर्फ उचाइको मार्ग अवलम्बन गर्ने समय छ । सप्ताहान्तमा महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। समयको पालना नगर्दा आफ्नै समुदायमा आलोचित भइनेछ र आम्दानी गुम्न सक्छ।

सिंह - Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कामले वादविवाद निम्त्याए पनि आयस्रोत सबल बन्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। छोटो समयमै काम बन्नुका साथै प्रशस्त धनलाभ हुनाले मन उत्साहित बन्नेछ। लामो समयदेखिको खाँचो टर्नेछ र जीवनशैलीमा पनि परिवर्तन आउनेछ। मंगलवार साँझदेखि खर्च बढ्नाले अर्थ अभाव खट्किनेछ। आँटेको कामका लागि सञ्चित धन अपुग हुनाले थप रकम जुटाउन कर्जा लिनुपर्ला। सप्ताहान्तमा अवसरवादीहरूले अलमल्याउन सक्छन्। गोपनीयतामा सजग रहनुहोला।

कन्या - Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सुरुमा विवादास्पद काममा हात हाल्नाले आलोचित भइनेछ। खराब संगतले मानसम्मानमा आघात पुर्याउन सक्छ। अध्ययनमा पनि राम्रो नतिजा ल्याउन नसकिएला। मंगलवार साँझदेखि स्थितिमा सुधार आउनेछ। पेसातर्फ आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ र व्यवसायबाट मनग्य लाभ उठाउन सकिनेछ। सप्ताहान्तमा खर्च बढ्नाले अर्थअभाव समेत देखापर्नेछ। बलजफ्ती गर्दा काम पनि बिग्रनेछ। व्यवहार सुल्झाउन कर्जा लिनुपर्ने हुन सक्छ।

तुला - Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रारम्भमा व्यावहारिक कठिनाइ देखा पर्नाले काम रोकिन सक्छ। तर समय लागे पनि मिहिनेतले उपलब्धि भने दिलाउनेछ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि धर्मकर्म र समाज सेवामा प्रवृत्त भइनेछ। मंगलवार साँझदेखि पदासीन व्यक्तिको सहयोग जुट्नुका साथै कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। अध्येताहरूलाई नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा आयस्रोत सबल बन्नेछ। जीवनशैलीमा सुधार आउनेछ। व्यापार फस्टाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ।

बृश्चिक - Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

सुरुमा फजुल खर्च बढ्नेछ। ईर्ष्या गर्नेहरूले व्यर्थैमा दुःख दिनेछन्। स्वास्थ्य कमजोर रहनेछ र कामको चाप बढ्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्ने हुँदा सजग रहनुहोला। परिस्थितिवश लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ। बुधवारदेखि स्थितिमा केही सुधार आउनेछ। धर्मकर्म र समाजसेवातर्फ मन आकृष्ट हुनेछ। सप्ताहान्तमा भने कर्मगतिले उचाइको मार्ग अवलम्बन गर्नेछ। सहयोगीहरूले साथ दिनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

धनु - Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुरुमा चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। तर, परिवेश रमाइलो देखिए पनि यो साता केही खर्चिलो हुने देखिन्छ। मंगलवार साँझदेखि स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समय दिन नसकिएला। आफ्ना काममा अरूको मुख ताक्नुपर्ने स्थिति आउन सक्छ। धेरै समय अरूका काममा खट्नुपर्ला। संघर्ष गर्नुपरे पनि सप्ताहान्तमा सम्भावनाका ढोकाहरू खुल्नेछन्। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउन सक्छ।

मकर - Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

यो साता अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। प्रतिस्पर्धीहरूले दु:ख दिनेछन्। अर्थअभाव र शत्रुबाधाले काम रोकिन सक्छ। मंगलवार साँझदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनका लागि भ्रमण गर्ने साइत जुर्न सक्छ। रमाइलो यात्राका बीच प्रियजनसँग भेटघाट हुनेछ। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। सप्ताहान्तमा जिम्मेवारी बढ्नेछ। अर्थ अभावले सताउन सक्छ। अरूका लागि समय खर्च हुनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।

कुम्भ - Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

सुरुमा आफन्तको आश्वासन प्राप्त भए पनि सहयोग नजुट्न सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययन र काममा समय दिन नसकिएला। जोस–जाँगरमा पनि कमी आउनेछ। मंगलवार साँझदेखि स्थितिमा सुधार आउनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ र प्रतिस्पर्धीहरूले हार खानेछन्। सप्ताहन्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। पेसा–व्यवसायमा आम्दानी बढ्नेछ। रमाइलो यात्राको अवसर प्राप्त हुनेछ।

मीन - Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सहयोगीहरू टाढिनेछन् र साझेदारीको विवादले संयुक्त आधारशिला कमजोर बन्नेछ। आफन्तबीच मतभेद देखापर्नेछ। आफ्नैले झुक्याउन सक्छन्, गोपनीयतामा सजग रहनुहोला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। सप्ताहान्तमा भने समस्या समाधान हुनुका साथै कर्मगतिले उचाइको मार्ग अवलम्बन गर्नेछ। नयाँ अवसर समेत प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि हट्नेछन् । व्यापारमा मनग्गे फाइदा हुनेछ। दिगो काम प्रारम्भ हुनेछ। आँटले लक्ष्यमा पुर्याउन सक्छ।

The creation of this universe was done by the combination of earth, water, light, air and sky together. The entire world is based on these five great entities. The human body was also created by the five great entities. The new planets on the sky represent these five great entities. In the Veda, the sun represents the soul and the moon represents the mind. Similarly, the qualities light, earth, sky, water and air are inherent in the Mars, Mercury, Jupiter, Venus and Saturn respectively.

The word, touch, form, taste, smell are the subjects of the five great entities. These subjects are acquired by the five knowledge senses of men. Every human senses longs for its subjective happiness. For subjective pleasures, the planet activates the senses associated to it. The mind is affected by the demand from the sense. Hence, a certain work is based upon our fondness towards it. For a work, the mind takes approval from the soul. For the work and issues approved by the soul, our mind operates senses and subjects accordingly.

The Rashifal of a person is the position at the moon during the time of his birth. According to the position of the dynamic planets in "Chandraraashi", there is a change in a person's interest, behaviour, health and situation. The willpower of Mind (the Moon) and the discrimination power of Soul (the Sun) are the major factors behind one's performance. The planets, that are indicator to the senses create a variety of circumstances. Human life is entangled in these circumstances. From birth till death, various situations that we face in life like growth and decline, happiness and sorrow, friend and enemy, affluence, scarcity, poverty, disease, state, esteem, children, family including all our specified actions are mobilized by the planets.

The Rashifal presented here has been designed on the basis of classic opinions. In particular, the various horoscope positions of the planets, their daily speed including circumstantial force, and by evaluating other planets "bedh-pratibedh", good and sinned vision and the impact, and mainly by the conclusion of the official texts "Brihatsanhita", "Muhurtachintamani", "Muhurtamartanda", "Phaladipika", "Jaatakaparijata", "Brihaddaivajnaranjanam", an effort has been made to make the horoscope reliable in a classical way.

"