Try our new Beta Site
नेपाली भाषामा हेर्नुहोस्
Nepali Patro | Nepali Calendar
  • वि.सं. २०७५ साल जेठ १२ गते। शनिबार। इश्वी सन् २०१८ मे २६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– द्वादशी, १८:३६ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– चित्रा, २१:४५ बजेउप्रान्त स्वाती। योग– व्यतीपात, १९:५७ बजेउप्रान्त वरियान्। करण– वव, ६:५५ बजेदेखि वालव, १८:३६ बजेउप्रान्त कौलव। आनन्दादिमा काण योग। चन्द्रराशि– कन्या, ९:४० बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ५:१२ बजे, सूर्यास्त– १८:५१ बजे र दिनमान ३४ घडी ०६ पला।
Add on facebook follow on twitter Google+
Today
Jestha
2075
Saturday
12
Shani Pradosh Brata
Dwadashi
05:48:09
Download
Nepali Calendar 2072 PDF
Download
Nepali Calendar 2071 PDF
Important Events
Upcoming Event
दैनिक - Dailyसाप्ताहिक - Weeklyमासिक - Monthlyवार्षिक - Yearly
मासिक - Monthly

जेठ २०७५

.

मेष - Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

टाउको वा आँखासम्बन्धी समस्याले सताउने हुँदा चिताएको काममा व्यवधान आइपर्न सक्छ। अवसरका लागि अलि दौडधुप गर्नुपर्नेछ। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले आर्थिक कारोबारमा सचेत रहनुहोला। सदाचारीहरूलाई भने फाइदै हुनेछ। दोस्रो सातादेखि स्थितिमा सुधार आउनुका साथै सामाजिक प्रतिष्ठा पाइनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान-सम्मान समेत दिलाउनेछ।

बृष - Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रारम्भमा मानसिक तनाव एवं टाउको वा आँखाको समस्याले सताउन सक्छ। गृहस्थी अशान्त रहनेछ भने घरखर्चले ऋणभार बढाउन सक्छ। समयमा काम सम्पन्न गर्न नसक्दा अवसर गुम्ने डरले सताउन सक्छ। आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। तापनि, लगनशीलता एवं बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। साझेदारसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन। उत्तम वस्त्र, भोजन र विशेष उपहारले आनन्द दिलाउनेछ। कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ। केही साथीभाइ टाढिनेछन् भने प्रेम सम्बन्धमा पनि असमझदारी बढ्न सक्छ। अस्थायी पेसाबाट फाइदा उठाउन सकिनेछ।

मिथुन - Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह

भैपरी आउने समस्याले कार्ययोजना स्थगित हुन सक्छ। खुट्टामा चोटपटकको योग देखिएकाले सवारी तथा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला। खर्च बढे पनि कर्मयोग सबल रहनाले सामान्य आम्दानी भइरहनेछ। चिताएको काममा आंशिक सफलता प्राप्त हुनेछ। ढिलासुस्तीले केही पछि परिनेछ भने सरकारी निकायबाट हुने कडिकडाउको सिकार समेत भइएला। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। मिहिनेत गर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। पहिलेको कामबाट राम्रो दाम प्राप्त हुनेछ। अनावश्यक दौडधुपले धन तथा समय खर्च गराउन सक्छ। ठूलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन्।

कर्कट - Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विभिन्न अवसरले पछ्याउनेछन्। खुसीको समाचार सुन्न पाइनेछ। रोकिएका काम बन्नुका साथै आकस्मिक लाभ हुने समय छ। नयाँ सवारीसाधन तथा मनपर्ने भौतिक साधन प्राप्त हुनेछ। आयआर्जनका स्रोतसमेत बढ्नेछन्। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। परिवारजनमा आत्मीय भाव बढ्नेछ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। व्यापार, कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्ने ग्रहयोग छ। भोगविलासका सामानसमेत प्राप्त हुनेछन्।

सिंह - Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कीर्तिमानी कामले प्रतिष्ठा दिलाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ भने काममा थप लगानी बढाउन सकिनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। तारिफयोग्य काम गर्दै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

कन्या - Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समय लागे पनि मिहिनेत गर्दा लक्ष्यमा पुग्न सकिनेछ। नयाँ व्यवसाय प्रारम्भ हुन सक्छ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। शुभचिन्तकहरूको सहयोगले विशेष काम बन्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। तर सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ। केही थकान, आलस्य र अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अचल सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। संघर्षमय परिस्थिति पार गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ।

तुला - Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते

काममा अरूको हस्तक्षेप हुने सम्भावना देखिन्छ। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइएला। महिनाभरि कष्टभावमा रहने सूर्यको प्रभावले आयमूलक काममा मन्दी आउनुका साथै आर्थिक अभावले सताउन सक्छ। कब्जियत र ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। लामो सक्रियता पनि स्वास्थ्यका लागि बाधक बन्न सक्छ। चिताएका काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला। शुभचिन्तकहरूको साथले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। राजनीतिक तथा सामाजिक प्रभाव भने कमजोर रहनेछ।

बृश्चिक - Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरूको भरपर्दा काम बिग्रन सक्छ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। बलजफ्तीले काममा बाधा हुन सक्छ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ। जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। सरकारी कामकाजमा विलम्ब हुनेछ। तापनि सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ। घरखर्च बढ्नेछ भने आयआर्जनमा कमी आउन सक्छ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

धनु - Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। प्रतिष्ठाको संघर्षमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। मित्रताको बन्धन कसिलो हुनेछ भने प्रेमले वैवाहिक मार्ग अवलम्बन गर्न सक्छ। केही कष्टसाध्य यात्रा गर्नुपरे पनि लक्ष्य प्राप्त हुनेछ। तर, ढिलासुस्ती गर्नाले आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। ठगीमा परिने सम्भावना देखिएकाले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। मेहनत गर्दा विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ।

मकर - Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अस्वस्थताले काममा बाधा पुग्न सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। व्यावहारिक अलमलले अध्ययनमा बाधा पुर्याउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ। आर्थिक पक्षमा सामान्य प्रगति हुनेछ। तर आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। अवसर प्राप्त भए पनि समयमा उपलब्धि प्राप्त नहुन सक्छ। स्वास्थ्य तथा पेटको समस्याले सताउन सक्छ, खानपानमा सजग रहनुहोला। दाजुभाइ, इष्टमित्र वा बन्धुबान्धवको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। प्रतिष्ठाका लागि मैदानमा उत्रनुपर्ने हुन सक्छ।

कुम्भ - Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण विवाद हुन सक्छ। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। परिवारिक असमझदारी बढ्नाले काम रोकिन सक्छ। विश्वासपात्रबाटै धोका हुने सम्भावना देखिन्छ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मेहनत गर्दा अप्ठ्यारो ठानिएका काम बन्न सक्छन्। कृषि र व्यापारमा सामान्य फाइदा हुनेछ। लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। नयाँ काम थालनी गर्न समय प्रतीक्षा गर्नुहोला।

मीन - Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

विभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। प्रतिष्ठित काम शुभारम्भ हुनेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। महत्वपूर्ण निर्णय लिने समय छ। शुभचिन्तकहरूले साथ दिनेछन् भने वैरभाव राख्नेहरूले हार खानेछन्। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरीमा पदोन्नति वा सुगम स्थानान्तरण हुन सक्छ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। आर्थिक पक्ष सबल बन्नेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। रमाइला क्षणको सहयात्री बन्न सकिनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्।

The creation of this universe was done by the combination of earth, water, light, air and sky together. The entire world is based on these five great entities. The human body was also created by the five great entities. The new planets on the sky represent these five great entities. In the Veda, the sun represents the soul and the moon represents the mind. Similarly, the qualities light, earth, sky, water and air are inherent in the Mars, Mercury, Jupiter, Venus and Saturn respectively.

The word, touch, form, taste, smell are the subjects of the five great entities. These subjects are acquired by the five knowledge senses of men. Every human senses longs for its subjective happiness. For subjective pleasures, the planet activates the senses associated to it. The mind is affected by the demand from the sense. Hence, a certain work is based upon our fondness towards it. For a work, the mind takes approval from the soul. For the work and issues approved by the soul, our mind operates senses and subjects accordingly.

The Rashifal of a person is the position at the moon during the time of his birth. According to the position of the dynamic planets in "Chandraraashi", there is a change in a person's interest, behaviour, health and situation. The willpower of Mind (the Moon) and the discrimination power of Soul (the Sun) are the major factors behind one's performance. The planets, that are indicator to the senses create a variety of circumstances. Human life is entangled in these circumstances. From birth till death, various situations that we face in life like growth and decline, happiness and sorrow, friend and enemy, affluence, scarcity, poverty, disease, state, esteem, children, family including all our specified actions are mobilized by the planets.

The Rashifal presented here has been designed on the basis of classic opinions. In particular, the various horoscope positions of the planets, their daily speed including circumstantial force, and by evaluating other planets "bedh-pratibedh", good and sinned vision and the impact, and mainly by the conclusion of the official texts "Brihatsanhita", "Muhurtachintamani", "Muhurtamartanda", "Phaladipika", "Jaatakaparijata", "Brihaddaivajnaranjanam", an effort has been made to make the horoscope reliable in a classical way.

"